News Portal

बैतडीमा क्‍वारेन्टाइनमा रहेकी महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
४१३ पटक

बैतडी, जेठ २०। बैतडीमा क्‍वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्‍वारेन्टानमा बसेकी २२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।

उनी १६ जेठमा कैलालीको त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएकी थिइन्। उनी नेपाल आउनुअघि श्रीमानसहित भारतको पन्जाबमा बस्थिन्। मृतकका श्रीमानका अनुसार मुटु रोगी उनले १२ दिनदेखि औषधि सेवन गर्न पाएकी थिइनन्। मृतकको स्वाब संकलन गर्ने तयारी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। उनले स्वाव संकलनका लागि स्वास्थ्यकर्मीको टोली पुगिसकेको बताए।

प्रतिकृया दिनुहोस्