News Portal

चलचित्र विकास बोर्डको अध्यक्षमा ३ जनाको नाम सिफारिस

रातोपोस्ट संवाददाता
१३२४ पटक

काठमाडौं । रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको हो । गत बिहीबार मन्त्रालयले दरखास्त दिनेमध्ये तीनजनाको नाम मन्त्रिपरिषद् अन्तर्गत सिफारिस गरेको हो । मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेन्द्र थापाको नाम सिफारिस गरेको छ ।

भुवन केसी, दयाराम र राजेन्द्र थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए । १० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

अब बस्ने मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ । गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

प्रतिकृया दिनुहोस्