
काठमाण्डौ। कतारबाट नेपाल फर्कन चाहनेलाई थप विवरण आउँदो आइतबार अर्थात ७ जुनसम्म उपलब्ध गराउन कतारमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । पहिलो चरणको सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा थप विवरण टिपाउन भनिएको हो ।
कसले के विवरण दिनुपर्ने ?
सुत्केरी र गर्भवती महिलाले पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था गम्भीर भएमा त्यसको कागजात, अध्ययन समाप्त भएको विद्यार्थी (इन्टर्नसिपमा रहेकासमेत)ले पासपोर्ट, भिसा र कतारी आईडीको प्रतिलिपि, अध्ययन सकिएका वा इन्टर्नसिप सकिएको कागजात दूतावासमा बुझाउनु पर्नेछ ।
यस्तै आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्नेले पासपोर्ट, कतारी आईडी कन्सुलर सेवजा विभागबाट प्रमाणित मृत्युदर्ताको प्रमाणपत्र, भिजिट वा बिजनेश भिसामा रहेकाले पासपोर्ट र भिसाको प्रतिलिपि, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाए (मार्च १३ भन्दा भन्दा पहिले) ले पासपोर्ट, भिसा, कतारी आईडी करार सकिएको वा रोजगारी गुमेको देखिने कागजात, कतारको आईडी नभएका, म्याद सकिएका वा भिसा सकिएका (१३ मार्च वा योभन्दा पहिले) पासपोर्ट, भिसा, कतारी आर्इडीको प्रतिलिपि र भिसा सकिएको देखिने कागजात दूतावासमा उपलब्ध गराउनु पर्नेछ ।
यी कागजात दूतावासमा [email protected] मा र दूतावासको सम्पर्क नम्बर ९७४३३५६०११७ मा ह्वाट्स्एप म्यासेज पनि गर्न सकिन्छ ।
यसरी फर्कंदा कोरोना परीक्षण गरी रिपोर्ट साथमा राख्नु पर्नेछ । विदेशबाट फर्कनेले हवाई उडान खर्च आफैंले व्यहोर्नु पर्नेछ । तर सम्बन्धित श्रम गन्तव्य देश वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाइ उडान, यातायात, होटल क्वरेण्टीन लगायतको खर्चमध्ये केही वा सबै खर्च व्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले तिरे हुन्छ ।
विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वरेण्टीन वा पालिकाले व्यवस्थापन गरेको सम्बन्धित क्वरेण्टीनसम्मको यातायात खर्च व्यक्ति स्वयंमले तिर्नु पर्छ । साथै तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पनि पालना गर्नुपर्छ ।