
सर्लाही, २१ जेठ । ईश्वरपुर नगरपालिकाको वडा नं.५ फुलजोरमा मंगलबार राती करिब ९ बजे टिपर र ट्याक्टर एक आपसमा ठोक्किँदा सह चालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
फुलजोरबाट बयलबासतर्फ जादै गरेको ना.८ ख ३०९३ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको ना.४ त ४१२५ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँदा दुर्घटना भएको सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी दिए । टिपर चालक सख्त घाइते भएकाले उनलाई थप उपचारका लागि विरगंज स्थित न्यूरो अस्पतालमा लगिएको छ ।
टिपर चालक जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं.६ मा बस्ने वर्ष २४ का विष्णुबहादुर दनुवार रहेका छन् । भने सोही नगरपालिका वडा नं.७ मा बस्ने वर्ष २३ का सुजन दनुवार सह चालक रहेका छन् । ईश्वरपुर नगरपालिका वडा नं.६ का ४९ वर्षीय ट्याक्टर चालक रामप्रसाद महरालाई भने प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरी प्रमुख एसपी पोखरेल जनाएका छन् ।