News Portal

कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

रातोपोस्ट संवाददाता
४६४ पटक

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसमा उनको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्