News Portal

रौतहटमा क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

रातोपोस्ट संवाददाता
५८७ पटक

रौतहट, २१ जेठ । रौतहटको राजपुर नगरपालिका–९ स्थित क्वारेन्टिनमै एक स्वास्थ्यकर्मी कुटिएका छन् ।

पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टिमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी अहेव खुर्सीद आलम घाइते भएका हुन् । क्वारेन्टाइनमा रहेका केही व्यक्तिको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

उनीहरुलाई बुधबार डिस्जार्च गर्ने क्रममा आरडिटी परीक्षण गरिएको थियो । आरडिटीमा पोजिटिभ देखिएपछि उनीहरुले कोरोना सारेको भन्दै आलममाथि आक्रमण गरेको नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपक भट्टले जानकारी दिएका छन् ।

उनीहरुको आक्रमणबाट आलमको टाउको चोट लागेको छ । सरकारले कुनै ऐन कानून नल्याउँदासम्म स्वास्थ्यकर्मीहरु सुरक्षित नहुने भट्टले बताएका छन् । उनले भने, ‘सरकारले दोषीलाई कारबाही नगर्दा सम्म यस किसिमको घटना दोहोरि रहन्छ । ऐन नआउने हो भने भोलि ठूलो दुर्घटना नहोला भन्न सकिँदैन ।’

सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी र दोषिलाई कारबाही गर्नुपर्ने उनको माग छ ।
यसअघि डोटीको दानकोट स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी स्थानीयको कुटपिटपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस्