News Portal

विप्लवका विद्यार्थी नेता ढकाल माइतीघरबाट पक्राउ

रातोपोस्ट संवाददाता
६९० पटक

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका नेता चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

ढकाललाई काठमाडौँको माइतीघरबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी थिए। ढकाललाई महानगरीय प्रहरी परिसर टेकु पुर्‍याइएको र उनलाई सोधपुछका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्