News Portal

  • के हो सलह ? विज्ञहरु भन्छन् , ‘नेपाल आउने सम्भावना न्यून’

    रातोपोस्ट संवाददाता
    ७५ पटक

    काठमाडौँ, २२ जेठ । यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।

    करोडौँको हुलमा रहेको सलहले त्यहाँको बाली खाइरहेका छन् । यो कीरा नेपाल आइपुग्छ रु कृषिप्रधान देश नेपालको बालीनाली कति नष्ट गर्छ रु सबैको चासोको विषय बनेको छ । यदि नेपाल भित्रिएमा यसले करिब चार दिनभित्र सबै नेपालको भूभागमा विचरण गर्न भ्याउँछ ।

    नेपालमा यो कीरा आउन सक्ने तत्कालको सम्भावना न्यून रहेको विज्ञ बताउँछन् तर आउँदैन भन्न सक्ने अवस्था पनि नरहेको त्रिभुवन विश्वविद्यालयका किटविज्ञ डा। प्रेमबहादुर बुढाले बताएका छन् । उनका अनुसार हालै भएको अध्ययन अनुसार नेपालमा तत्काल आउन सक्ने अवस्था अन्य देशको तुलनामा कम छ । गोरखापत्र

    प्रतिकृया दिनुहोस्