News Portal

तीन सहसचिव सचिवमा बढुवा

रातोपोस्ट संवाददाता
६१४ पटक

काठमाडौं, २३ जेठ । सरकारले वरिष्ठ ३ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझको बैठकले सहसचिवहरु गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णुप्रसाद नेपाललाई सचिवमा बढुवा गरेको हो।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले उनीहरुको बढुवाको पुष्टि गरिन्। बढुवा भएका सचिवहरुको पोस्टिङ हुन बाँकी छ। लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले बैसाख ३१ गते उनीहरूको बढुवाका लागि सिफारिस गरेको थियो। सिफारिसमा दुवाडी पहिलो नम्बरमा, बिके दोस्रो नम्बरमा र नेपाल तेस्रो नम्बरमा थिए।

सचिवहरु महेश दाहाल, दीपक सुवेदी र विनोद केसीको अवकाशपछि सचिव पद खाली भएका थिए।

प्रतिकृया दिनुहोस्