News Portal

आज थप २७८ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ९१२ पुग्याे

रातोपोस्ट संवाददाता
३७४ पटक

काठमाण्डाै। नेपालमा शुक्रबार थप २ सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका २ सय ७८ जनामा सङ्क्रमण देखिएकाे हाे ।

याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या २ हजार ९ सय १२ पुगेकाे छ । आज थपिएका कर्णाली प्रदेशका मात्रै १सय जना रहेका छन् ।

सङ्क्रमितमध्ये निकाे भएर घर फर्किनेकाे सङ्ख्या ३ सय ३३ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुुगेकाे छ ।

प्रतिकृया दिनुहोस्