News Portal

  • विप्लव नेकपाका जिल्ला इन्चार्ज सुमनसिंह रिहा लगत्तै पुन : पक्राउ, संखुवासभा लैजाने तयारी

    रातोपोस्ट संवाददाता
    ५६३ पटक

    सुनसरी। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेचिकाेसि ब्युरो सचिव एवम् झापा जिल्ला इन्चार्ज सुमनसिंह पाैडेललाई प्रहरीले रिहाइ लगत्तै पुनः पक्राउ गरेको छ।

    आज सुनसरी जिल्ला अदालतमा ३० हजार धराैटि रकम बुझाएर रिहाइ भएलगत्तै उनलाई पुन :पक्राउ गरि संखुवासभा लैजाने तयारी भएको अदालत परिसरबाट हाम्रो सम्पर्कमा आएका पाैडेलले जानकारी दिए। सम्मानित अदालतले धराैटिमा रिहाइ गरेलगत्तै पुनः पक्राउ गर्नु न्यायोचित नभएको बताउँदै राज्य जनताप्रति आतंकित बनेकाे र राज्यसत्ताको अन्तिम छटपटाहट भएको राताेपाेस्टलाई बताए।

    गत पुस १२ गते सुनसरीको चक्रघट्टिबाट मेचिकाेसि ब्युराे इन्चार्ज एवम् ,पुर्व सांसद समेत रहेकि उमा भुजेल (शिलु) सँगै गिरफ्तार परेका पाैडेललाई सुनसरी जिल्ला अदालतले १० हजार धराैटिमा रिहाइ गरेकाे थियोे ।

    सुनसरीबाट रिहाइ लगत्तै पाैडेल र भुजेललाई प्रहरीले पुनः पक्राउ गरि झापा लगेकाे थियोे । जिल्ला अदालत झापाले पनि २ लाख २५ हजार धराैटिमा रिहाइ गर्न आदेश दिएकाे र त्यहाँबाट धराैटि बुझाएर रिहाइ भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी सुनसरी ल्याएको थियोे । सुनसरीबाट पनि रिहाइ भएलगत्तै पाैडेललाई पुनः पक्राउ गरि संखुवासभा लैजाने तयारी गरेको छ।

    पाैडेल सँगै गिरफ्तार परेकि ब्युरो इन्चार्ज भुजेललाई प्रहरीले झापाबाट धनुषा, धनुषाबाट कैलाली ,कैलालिबाट गाेरखा र गाेरखाबाट हाल ललितपुर लगिएको परिवार स्राेतले राताेपाेष्टलाई जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्