News Portal

डोल्पामा कोरोनाका कारण एकको मृत्यु

रातोपोस्ट संवाददाता
५८४ पटक

डोल्पा, २४ जेठ । डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष रहेका छन् । यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उनी लामो सममदेखि दमको रोगले पीडित उनलाई पछि होम आइसोलेसनमा राखिएको थियो। होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भएपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो।

शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाले जनाएको छ ।योसहित नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने कर्णाली प्रदेशमा मात्रै ३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्