News Portal

शनिबार काेराेना सङ्क्रमण पुष्टि भएका ३२३ जना कहाँका हुन् ?

रातोपोस्ट संवाददाता
६३७ पटक

काठमाण्डाै, २४ जेठ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय २३ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा मोरङको सुनवर्सी र बूढीगङ्गाका दुई र सुनसरीको भोक्राहाका चार जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ । कोशी अस्पतालकाे परीक्षणमा सप्तरीको बोदेबर्साइनका एक जना, भरतपुरमा भएको परीक्षणमा नवलपरासीको विनयी त्रिवेणीका तीन जनामा काेराेना पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४० जना सङ्क्रमित भेटिएका छन् । जसमा बाँकेको नेपालगञ्ज, खजुरा र बैजनाथका १२ र बर्दियाको गुलरिया, राजापुर, मधुवन, बाँसगढी बढैयाताल र बाँसगढीका २८ जनामा काेराेना पुष्टि भएको छ । यस्तै पोखरामा भएको परीक्षणमा १४ जनामा काेराेना पुष्टि भएको छ । जसमा पोखराका तीन, स्याङ्जाकाे वालिङ र हरिनासका १० जना र बाग्लुङका एक जना रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा आठ जना सङ्क्रमित थपिएका छन् । जसमा धरानका एक जना र सप्तरी बालविहुलका सात जना छन् । सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये बझाङको खप्तडछान्नाका ६ जना, कञ्चनपुर महाकालीका एक जना र काठमाण्डौ घर भएर कञ्चनपुरमा रहेका एक जना, अछामको मङ्गलसेनका एक जना, डडेल्धुरा नवदुर्गाका एक जना र कैलालीका धनगढी र गोदावरीका दुई जना रहेका छन् ।

यस्तै जुम्लामा भएको परीक्षणमा ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये दैलेख महावुका ४३ जना र डोल्पा जगदुल्लाका एक जनामा कोरोना देखिएको छ । सुर्खेतमा भएको परीक्षणमा ५७ जना सङ्क्रमित भेटिएका छन् । जसमा दैलेखको दुल्लुका चार जना, सुर्खेतका १० जना, जाजरकोटको भेरी र बारेकोटका चार जना, सल्यान बनगाड कुपिन्डेका ३८ जना रहेका छन् । रुपन्देहीमा भएको परीक्षणमा १७ जना थपिएका छन् । जसमा अर्घाखाँचीका एक जना, कपिलवस्तुका ११ जना, नवलपरासीको सुस्ताका दुई जना र रुपन्देहीका तीन जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा एक सय २० जनामा कोरोना पुष्टि भएको छ । जसमा भक्तपुरको कमलविनायकका एक जना, धनुषाकाे देउपुराका आठ जना, कपिलवस्तु महाराजगञ्जका ३९ जना, काठमाण्डौका चार जना, महोत्तरीका ३५ जना, रौतहटको इशनाथका ६ जना, सर्लाहीको रामनगर र ईश्वरपुरका २७ जनामा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्