News Portal

उच्चस्तरीय समितिको बैठक सकियो, लकडाउन खुकुलो पार्ने छलफल अझै टुंगोमा पुगेन

रातोपोस्ट संवाददाता
४९३ पटक

काठमाडौँ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल सुरु गरेको छ । सरकारको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले अढाइ महिना बितिसक्दा पनि लकडाउनलाई सहज पार्दै लैजानेसम्बन्धी कुनै निर्णय शनिबार पनि गर्न सकेन।

लकडाउनलाई सहज पार्दै लैजाने सम्बन्धमा शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठक बसे पनि उक्त बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन। बैठकमा आर्थिक गतिविधि सुरु गर्ने भन्नेबारे छलफल भएको हो। स्वास्थ्य मन्त्रालयको सुझावअनुसार आर्थिक गतिविधि अघि बढाउँदै लैजाने भन्नेबारे बैठकमा छलफल भएको जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस्