News Portal

पूर्वी नाकामा सेनाकाे सहयोगमा स्वास्थ्य चेकजाँच सुरु

रातोपोस्ट संवाददाता
८१९ पटक

झापा। भारतबाट आउने नेपाली नागरिकहरुको सहजिकरणका लागि पूर्वी नाका काँकरभिट्टामा आजदेखि नेपाली सेना सहयाेगमा चेकजाँच सुरु भएकाेे छ । गत विहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले काँकरभिट्टामा उच्चस्तरीय समिति बनाएर नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

वैठकले यसअघि कचनकवलमा पनि नेपाली सेना परिचालन गरेको छ । सोहि अनुसार नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समिति बनाएर काँकरभिट्टा नाकामा नेपाली सेना लगायतको संयुक्त टोलीले काम गर्ने भएको छ ।

नयाँ श्रीनाथ गण चारआलीका गणपति कर्नेल अमरजङ थापाले आजदेखि भारतबाट काँकरभिट्टा आउने नेपाली नागरिकहरुको आरडीटी टेष्ट गरिने बताए । ‘आरडीटी पोजेटिभ भेटिए आइसोलेसनमा राख्ने व्यवस्था मिलाउछौँ’, कर्नेल थापाले भने–‘नेगेटिभ रिपोर्ट आए बाहिरकालाई सम्बन्धीत जिल्ला र झापाकालाई सम्बन्धीत पालिकामा पठाइने छ ।’

प्रतिकृया दिनुहोस्