News Portal

  • सेनालाई परिचालन गरेका होइनौ, क्वारेन्टाइन व्यवस्थापनका लागि आग्रह गरिएको हो: प्रजिअ राना मगर

    रातोपोस्ट संवाददाता
    ६४४ पटक

    झापा। कोरोना संक्रमण नियन्त्रणमा थप व्यवस्थापकीय सहयोग पुर्याउन झापामा क्वारेन्टाइन व्यवस्थापनसँगै पेट्रोलिङका लागि नेपाली सेनाले कार्य सुरु गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकबाट सो कार्यका लागि नेपाली सेनालाई आग्रह गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

    रानाका अनुसार झापामा क्याप्टेनको कमाण्डमा ५० जनाले कचनकवल क्वारेन्टाइन, मेची क्याम्पस क्वारेन्टाइन र काँकरभिट्टामा सेना खटिएका हुन् । ‘केही सञ्चारमाध्यममा सेना परिचालन भनेर आएका समाचारले आम नागरिकमा गलत सूचना गएको छ, त्यो गलत हो’ उनले भने–‘स्थानीय प्रशासनले सेना परिचालन गर्ने प्रक्रिया छैन, अनुरोध मात्रै गरेको हो, अनि परिचालन पनि होईन ।’

    प्रजिअ रानाले भने–‘ धारा २६७ को उपधारा (४) मा नेपाल सरकारले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापनलगायतका अन्य कार्यमा परिचालन गर्नसक्ने भनिएको छ, त्यसैले सेना परिचालन स्थानीय प्रशासनको अधिकार क्षेत्रभन्दा बाहिरको कुरा हो ।’

    कोरोना संक्रमण नियन्त्रणका लागि सम्भावित क्षेत्रमा पेट्रोलिङसँगै क्वारेन्टाइन व्यवस्थापन र भारतबाट आउने नेपालीहरुको व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै अन्य सरोकारवाला निकायको समन्वयमा कार्य सम्पादन गर्ने उनले बताए ।

    सो कार्यका लागि नेपाली सेनाको समेत सहयोग रहेको स्पष्ट पार्दै प्रजिअ रानाले सेनाको छुट्टै कुनै पनि कार्य सम्पादनका लागि व्यवस्थापन नगरिएकोे बताए । उनका अनुसार सेनालाई स्थानीय प्रशासनले परिचालन गर्नसक्ने कानुनी व्यवस्था पनि छैन ।जन–संसद्

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)