News Portal

  • स्याङ्जा : गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला

    रातोपोस्ट संवाददाता
    ३०१ पटक

    स्याङ्जा, जेठ २६ । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी मृत अवस्थामा फेला परेका छन् । उनको शव घरबाट तिनसय मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    उनी साँझपख मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख विमलराज कणेलले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्