News Portal

झापाको मेचीनगरमा १ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
७५१ पटक

झापा, जेठ २६ । झापाको मेचीनगरका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर मेचीनगर वडा नं ४ को पशुपती माविको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिनु भएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका मेचीनगर वडा नं ४ का २९ बर्षिय पुरुष ७ दिन अगाडी भारतको दिल्लीबाट नेपाल आएर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस्