News Portal

रुपन्देही घटना : मृतक पाँच जनाको नाम खुल्यो

रातोपोस्ट संवाददाता
५८३ पटक

काठमाडौं, जेठ २७ : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवामा हत्या भएका ५ जनाको जनाको नाम खुलेको छ । हत्या गरिएकाहरुमा आषिश चौधरी, करन चौधरी, कोषराज मुसहर, माधव मुसहर र जानकी मुसहर छन् ।

घटनामा सोही फार्ममा रहेका सुर्खेतका झपेन्द्र सिंह सिंजालीले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । फार्ममा काम गर्नेहरु पाँचजनालाई कोदालो प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्