News Portal

अर्घाखाँचीमा एम्बुलेन्स दुर्घटना,पाँच काेराेना संक्रमित घाइते

रातोपोस्ट संवाददाता
६५० पटक

अर्घाखाँची, जेठ २७ । अर्घाखाँचीमा कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर जाँदै गरेको एम्बुलेन्स गए राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन्।

सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट वडा नं १ हटारीनेटाको आइसोलेसनमा पाँच जना काेराेना संक्रमित ब्यक्तिलाई लिएर जाँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्