News Portal

  • चितवनमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो

    रातोपोस्ट संवाददाता
    ११७ पटक

    चितवन, जेठ २७ । चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–११ का ६८ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

    सुगर, उच्चरक्तचाप र निमोनियाको समस्या भएपछि उनलाई शुक्रबार नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । शुक्रबार स्वाव संकलन गरिएकोमा हिजो मात्र उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

    नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनमा संक्रमण देखिएपछि हिजो बेलुका ७ बजे भरतपुर अस्पताल सारिएको थियोे । योसंगै नेपालमा कोरोना संक्रमित १५ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्