News Portal

भारतमा २ लाख ६६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

रातोपोस्ट संवाददाता
५८० पटक

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ६६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा दुई लाख ६६ हजार ५९८ जना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९८७ नयाँ संक्रमित फेला परेका हुन् ।त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि सात हजार ४६६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ३३१ जनाको मृत्यु भएको थियो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ८८ हजार ५२८ संक्रमित फेला परेका छन् भने तीन हजार १६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३३ हजार २२९ संक्रमित फेला परेका छन् भने यो राज्यमा अहिलेसम्म २८६ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा २९ हजार ९४३ जना संक्रमित भेटिँदा ८७४ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २० हजार ५४५ संक्रमित फेला परिसकेका छन् भने एक हजार २८० जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १० हजार ९४७ संक्रमित फेला परेका छन् भने २८३ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा आठ हजार ६१३ संक्रमित भेटिएका छन् भने ४०५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार २०२ संक्रमित फेला परेका छन् भने ३१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख २९ हजार २१५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्