News Portal

सङ्क्रमितकाे सङ्ख्या ४ हजार नाघ्याे, आज थपिएका ३२३ कहाँका हुन् ?

रातोपोस्ट संवाददाता
४९६ पटक

काठमाडौं। मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार थपिएका ३२३ जनामध्ये २९२ पुरुष र ३१ जना महिला छन्। मंगलबार ९६ जना संक्रमित डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५८४ पुगेको छ।

मंगलबार थपिएका संक्रमितहरुमा प्रादेशिक प्रयोगशाला विराटनगरमा ३ जना, कोशीमा १ जना र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशालाबाट संक्रमण पुष्टि भएका ८ जना छन्। त्यसैगरि प्रादेशिक अस्पतालमा भरतपुरमा चितवनका २४ जना, नवलपुरको ३ जना धादिङको १ जना, कपिलवस्तुको १ जना र सप्तरीको १ जना संक्रमित फेला परेका छन्।

त्यसै गरि पोखरामा गरिएको परीक्षणमा म्याग्दीको १ जना नवलपुरको १२ जना र बागलुङको ११ जना संक्रमित फेला परेका छन्। त्यस्तै जनकपुरमा गरिएको परिक्षणमा धनुषाको २१ जना, महोत्तरीको १९ जना र सर्लाहीको १ जना संक्रमित फेला परेका छन्।

त्यसै‌ गरि राप्तीमा दाङका ६ जना, भेरीमा बाँकेका ९ जना, कर्णालीमा जुम्लाका २ जना र सुर्खेत प्रादेशिक अस्पतालको परीक्षणमा सल्यानको १२ जना र सुर्खेतको ४ जना संक्रमित फेला परेका छन्। त्यसै गरि सेती प्रादेशिक अस्पतालको परीक्षणमा दार्चुलाका १० जना, कञ्चानपुरका १९ जना, डडेलधुराकका ७ जना र कैलालीका १ जनामा संक्रमण देखिएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका २० जना र कपिलवस्तुमा २ जनामा संक्रमण देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको छ। जसमा धनुषाका २४, कपिलवस्तुका ७, महोत्तरीका ३१, नवलपरासी (पश्चिम)का १२, नुवाकोटका २, रौतहटका २१, सर्लाहीका १६ र सिरहाका १२ जना छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५८४ पुगेको छ। अहिलेसम्म १५ जनाको कोरोनाबाट मृत्यु भएको छ। नेपालमा ७२ जिल्लामा संक्रमण फैलिएको छ।

प्रतिकृया दिनुहोस्