News Portal

इलाममा पनि भेटिए कोरोना संक्रमित, संक्रमण देखिएका जिल्ला ७२ पुग्यो

रातोपोस्ट संवाददाता
१००३ पटक

इलाम, जेठ २७। इलाम जिल्लामा पनि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हालसम्म इलाममा संक्रमण देखिएको थिएन।

कोशी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा इलाममा एक जनामा कोरोना पोजेटिभ देखिएको हो। इलाममा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्ला ७२ पुगेको छ। हालसम्म नेपालमा ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा कोरोना संक्रमण देखिएको छैन।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार दिउसो साढे ४ बजेसम्म नेपालमा ४ हजार ८५ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ५८४ जना उपचारपछि निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्