News Portal

  • मेचीनगरमा थप एक जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ४७३ पटक

    झापा । मेचीनगरमा थप एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । मेचीनगर–३ स्थित नवज्योति आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ३९ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

    उनी भारतको मुम्बईबाट जेठ १६ गते काँकरभिट्टा आइपुगेका थिए । एक उच्चस्तरीय श्रोतका अनुसार मेचीपुलमा आएका उनलाई स्थानीय जनप्रतिनिधिले एम्बुलेन्समा हालेर उक्त क्वारेन्टाइनमा लगिएको बुझिएको छ ।

    उनको जेठ २४ गते पीसीआर टेष्ट गरिएको थियो । पीसीआर टेष्टको रिपोर्ट बुधबार पोजेटिभ आएको श्रोतको भनाई छ । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएका विषयमा स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ । आज दिउसो ४ वजे स्वास्थ्य मन्त्रालयले ती व्यक्तिको रिपोर्ट पुष्टि गर्नेछ ।

    योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । यसअघि भारतको दिल्लीबाट आएर मेचीनगर–४ को पशुपति माविको क्वारेन्टाइनमा बसेका एकजना पुरुषमा पहिलो कोरोना पुष्टि भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)