News Portal

टिप्पर दुर्घटना अपडेट : घाइतेहरुको उद्धारका लागि मुख्यमन्त्री शाही कालीकोट पुगे

रातोपोस्ट संवाददाता
८०५ पटक

कालीकोट, जेठ २८। टिप्पर दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सेनाको हेलिकप्टरमा कालिकोट पुगेर फर्किनु भएको छ ।

आज बिहान कर्णाली करिडोरअन्तर्गत श्रीखोली मन्दिरनजिकै ना ८ ख ५१३३ नम्बरको टिप्पर दुर्घटना भएको थियो । दुर्घटनामा परेर रास्कोट नगरपालिका २ की २१ वर्षीया ठुम्की सार्की, २३ वर्षकी शर्मिला सार्कीको ज्यान गएको छ । ३ जना अझै बेपत्ता रहेका छन् । घाइते ८ जनामध्ये ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

गम्भीर अवस्थामा रहेका २ जनालाई हेलिकप्टरमा काठमाण्डौ लगिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । टिप्पर चालक रास्कोट नगरपालिका वडा नम्बर ८ का २९ वर्षका रङ्गनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता नागरिकको खोजी कार्य जारी रहेको डिएसपी श्यामबाबु ओलीयाले बताए ।

प्रतिकृया दिनुहोस्