News Portal

मन्त्रिपरिषद् बैठक जारी, लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल

रातोपोस्ट संवाददाता
३८८ पटक

काठमाडौं, जेठ २८: लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक शुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दिउँसो २ बजेका लागि बोलाए पनि बैठक सरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रीहरुले प्रतिनिधि सभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिनुपर्ने भएकाले बैठक सरेको थियो। नियमित बैठकका रुपमा मन्त्रिपरिषद बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। यसअघि मंगलवारका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो।

लामो समयदेखि लकडाउनको मोडालिटीबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने भनिए पनि अनिर्णित हुँदै आएको छ। प्रतिनिधि सभामा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद् बैठकमा लकडाउन सरलीकरण गर्ने बारेमा निर्णय हुने जानकारी दिएका थिए। लकडाउनको मोडालिटीका बारेमा यसअघि ओलीले विभिन्न क्षेत्रका २५ जना विज्ञहरुसँग पनि छलफल गरेका थिए।

आइतबार अबेर रातिसम्म प्रधानमन्त्री आफैं सहभागी भई कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकमा लकडाउन मोडालिटीबारे छलफल गरेका थिए। समितिमा कुनै निर्णय भने हुनसकेको थिएन।

प्रतिकृया दिनुहोस्