News Portal

हाम्रो पत्रकारिता कता ?

रातोपोस्ट संवाददाता
१००० पटक

पत्रकार सन्तोष आचार्य आफ्नो मुहार पुस्तिकामा लेख्छन् सत्ताको तावेदारी गर्ने कि जनहितमा खबरदारी गर्ने ? हाम्रो पत्रकारिताले सोच्नु पर्यो ? साँच्चिकै घटनाक्रमले झकझक्यायो ।
विश्व कोभिड १९ बाट उत्पन्न कोरोना संक्रमणको सामना गरिरहेको छ, जसको प्रत्यक्ष रुपमा नेपाल र नेपालीले भोगिरहेको अवस्था छ । लामो समयदेखि मुलकु लकडाउन छ । तीनै तहका सरकार कुनै समस्या छैन, सबै व्यवस्थापन गर्न सक्षम छ भनेर दाबी गर्छ ।

तर घटनाक्रमले त्यस्तो प्रष्ट्याउँदैन । सरकार कसको लागि व्यवस्थापन गरिरहेको छ ? ठूलो धन राशी खर्चिएको फेरिहिस्त देखिन्छ, सुनिन्छ पनि । अनि हामी सञ्चारकर्मी पनि स्थानीय सरकारले भनेको पत्याउनु नै परो । पटक–पटक पत्रकार सम्मेलनमार्फत डाटासहितको कागजात पनि प्रस्तुत हुन्छन् ।

मेचीनगरकै कुरा गर्ने हो भने हालसम्म करोडौँको रकम कोरोना संक्रमण नियन्त्रणका लागि भनेर खर्चिसकेको छ । त्यो रकम बालुवामा पानी त भइरहेको छैन ? स्थानीय सरकार प्रमुखहरुको कुरा सुन्दा संसारका सबैभन्दा उपलब्धीमुलक काम त हामीले नै गरेको जस्तो दावी गरेछन् ।

आज जनप्रतिनिधिहरु प्रचार प्रसार गर्न र गराउन आतुर देखिन्छन् । भने हामी सञ्चारकर्मी मध्ये पनि कसको, कसले छिटो र धेरै प्रचार प्रसार गरेर नजिक हुने होडबाजी चलेको छ । हामीले गरेको सूचनाले निश्चित शासकका लागि मात्रै हो ? या आम नागरिकका लागि भन्ने प्रश्न खड्कीन थालेको छ ।

केही दिन अघिमात्रै मेचीनगर नगरपालिकाका प्रमुख मेयर विमल आचार्यले कोरोना संक्रमण नियन्त्रण र आवश्यक व्यवस्थापनमा आर्थिक अभाव नहुने एक सञ्चार माध्यममा दावी गरेको केही समयमै नगरकै जनप्रतिनिधिले क्वारेन्टाइनमा बसेकाबाट नै प्रति व्यक्ति एक हजार रकम लिएको घटनाले आम नागरिकमा अर्काे अविश्वासले झस्काएको छ ।

मानवीय विपत्तिमा परेका समयमा राज्यले दरिलो साथ र सहयोग गर्ने समयमा उल्टै रकम लिनुले कस्तो सन्देश र जिम्मेवारीको प्रत्याभूत गराउन खोज्दै छ, स्थानीय सरकार ?

मेचीनगरका सञ्चारकर्मी, नागरिक समाज, सामाजिक संघ–संस्था र अन्य सरोकारवालाहरुले आ–आफ्नो क्षेत्रबाट स्थानीय सरकारलाई बारम्बार भने यो विषम परिस्थितिबाट बच्न र बचाउन अन्य विकास निर्माण लगायतका कार्य बन्द गरेर कोरोना संक्रमण नियन्त्रणका सबै उपाय खोज्न र तत्काल व्यवस्थापन गर्न गरेको आग्रहलाई सुने जस्तो गरेँ तर कार्यान्वयनमा खासै पत्याए जस्तो परिणामले देखाएन ।

आज कोरोना संक्रमित संख्या बढदै छ । तर भौगोलिक अवस्थाको समेत संयमतालाई मसिनो ढंगबाट दुरदृष्टि पुर्याउन नसक्नुको परिणामले थप त्रासले आम नागरिक छटपटाउन थालेको अवस्था छ ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको झापा जिल्ला अनि मुख्य नाकामा पर्ने मेचीनगर जहाँबाट हजारौँ नेपाली भारतबाट स्वदेश फर्किएका छन् भने त्यसको चौगुना यही नाका भएर भारत गएका छन् । उनीहरुको सामान्य स्वास्थ्य परीक्षण गर्न समेत सकेन सरकारले । मेचीनगरमा पहिलो देखिएको संक्रमित भारतबाटै आएका हुन् ।

जनप्रतिनिधिहरुलाई चिन्ता के को ? नागरिकको समस्या या आफ्नै ? घटनाक्रम हेर्दा अहिले एउटा व्यवस्थित र मापदण्ड अनुसारको क्वारेन्टाइन बन्न सकेको छैन । आम नागरिकको सामान्य स्वास्थ्य परीक्षण गर्न सकेको छैन । आइसोलेसनको त कुरै नगरौँ । होल्डिङ एरियाको अवस्था त्यस्तै छ, तर पनि सञ्चारमाध्यममा भने दावी गज्जवको छ ।

सुन्दा, देख्दा र पढ्दा लाग्छ साँच्चिकै लाग्छ कि सबै व्यवस्थापन भइसकेको छ । जस्तै काम कुरो एकातिर मोबाइलमा सेल्फी पीच रोडतिर भनेझै जनप्रतिनिधि विकास निर्माणको अनुगमन र त्यसको प्रचार प्रसार गर्न आतुर देखिन्छन् । अहिले जनतालाई विकास निर्माण चाहिएको छैन ।

त्यो भोलि पनि गर्न सकिन्छ । तर अहिले आवश्यकता मानवीय विपत्तिको हो । र त्यसलाई व्यवस्थापन गर्नु हो । दैनिक ज्याला मजदुरी गरेर जीविका पार्जन गर्नेहरुको चुलो निभेको छ । सरकार भन्छ कुनै पनि जनता भोकले मर्नु पर्दैन । राहतका नाममा राज्यकोषबाट ठूलो धनराशी खर्च भएको छ । विपन्नहरु भोकभोकै वस्नुको विकल्प छैन । सरकार भन्छ राहत एकद्वार प्रणालीबाट मात्रै, के यो सम्भव छ र भयो । यस्ता भावना र आदर्शले त विपन्नका पेट भरिँदैनन् ।

प्रतिकृया दिनुहोस्