News Portal

टिप्परको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयाे

रातोपोस्ट संवाददाता
४२१ पटक

मकवानपुर, जेठ २९। हेटौँडामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिप्परको ठक्करबाट स्कुटरमा रहेका नेपाल प्रहरीका हल्दारको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बेलुका ९ बजे टिप्परको ठक्करबाट ज्यान गुमाउनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत प्रहरी हवल्दार केशरदोर्जे थिङ रहेका छन् ।

प्र ३–०२–०१२प १३३८ नम्बरको स्कुटरमा रहेका थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नम्बरको टिप्परले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

टिप्पर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्