News Portal

  • पूर्वी नाकामा युवा र विद्यार्थी संगठनले राखे नयाँ नेपालकाे नक्सा

    रातोपोस्ट संवाददाता
    १४०३ पटक

    झापा, जेठ २९। पूर्वी नेपालको प्रवेशद्वार काँकरभिट्टा स्थित मेची पुलमा नेपालको नयाँ नक्सा राखिएको छ । बिहिबार बिहान प्रदेश सांसदद्वाेय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा सो नेपालको नयाँ नक्सा अनावरण गरेका थिए ।

    सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मेचीनगर र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वविव्यू) मेचीनगरले संयुक्त रुपमा नयाँ नक्सालाई होडिङ बोर्डमा बनाएर पूर्वी नाकामा राखिएको राष्ट्रिय यूवा संघ नेपाल मेचीनगरका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सरोज मेहराले बताए।

    नक्सा अनावरण कार्यक्रममा प्रदेश सांसद बुढाथोकीले नेपालको भूगोलको वास्तविक नक्सा जारी गरेर सरकारले देशको भौगोलिक अखण्डतालाई सुरक्षीत राखेको र बाकी रहेको गुमेकाे भूभागलाई पनि नेपालको नक्सामा राख्नकाेे लागि संघर्ष गर्ने बताए ।

    पूर्व वाईसियल मेचीनगर इन्चार्ज बिश्वराज पोखरेलले नेपालको नक्सामा भएको त्रृटी सरकारले सच्याएर भारतीय विस्तारबाद नितिलाई चुनौती दिएकोमा सरकारको उक्तकार्य ऐतिहासिक भएको बताए ।

    नक्सा अनावरण कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेती पोखरेल, मेचीनगर कार्यपालिका सदस्य टिका मंग्रान्ती, नेकपाका जिल्ला कमिटि सदस्यहरु डिल्लीराम घिमिरे, शंकर थापा, प्रकाश भण्डारी, नेकपाका मेचीनगर कमिटि अध्यक्ष माधब अर्याल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य कुमार आचार्य, पूर्व यूवासंघ केन्द्रिय सचिव राजु कार्की, राष्ट्रिय युवा संघ नेपाल झापाका सचिव दधिराम रिमाल, पूर्व वाईसियल मेचीनगर अध्यक्ष विनोद मण्डल, अनेरास्वविव्यूका झापा संयोजक अनिल सुवदी, सहसंयोजक दुर्गा धमला, लुसन तिवारी लगायतको उपस्थित रहेका थिए ।

    कार्यक्रम सञ्चालन पूर्व अनेरास्वविव्यु मेचीनगर अध्यक्ष सन्तोष धमलाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)