News Portal

कुवेतबाट नेपाली लिएर पहिलो जहाज काठमाडौं आइपुग्यो

रातोपोस्ट संवाददाता
४३४ पटक

काठमाण्डौ। कुवेतबाट नेपालीलाई लिएर जहाज काठमाण्डौ आइपुगेको छ । कुवेतमा आममाफीमा सहभागी भएर घर फर्किएका नेपालीलाई लिएर आएको पहिलो जहाज काठमाण्डौ विमानस्थलमा साढे ११ बजे आइपुगेकाे हो ।

कुवेतमा आममाफीमा सहभागी १५० जना महिला यो जहाजमा आएका छन् । उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

प्रतिकृया दिनुहोस्