News Portal

कोरोनाका कारण नेपालमा थप एकको मृत्यु

रातोपोस्ट संवाददाता
७६७ पटक

काठमाडाैं, २९ जेठ । नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अस्पतालबाट फर्कदै गर्दा ज्यान गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षका पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले जानकारी दिए ।

घाँटीको शल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्विनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । तर अस्पतालले घरमै आराम गर्न सुझाव दिएपछि घर फर्कदै गरेका उनको बुधबार बाटोमै ज्यान गएको हो । यसअघि १४ दिन देखि ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयको क्वारेन्टीनमा बसेका उनको गएको शुक्रबार नै पठाइएको नमूना हराएपछि हिजो फेरि स्वाब संकलन गरेर परीक्षणका गर्दा कोरोना पोजेटिभ भएको पाइएको हो ।

रिपोर्ट नआउँदा बुधबारदेखि नै शव रातुको चौरमा व्यवारिसे अवस्थामा राखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्