News Portal

  • असार १ गतेदेखि सरकारी कार्यालय बिहान र दिउँसो गरी दुई सिफ्टमा चल्ने

    रातोपोस्ट संवाददाता
    ९१ पटक

    काठमाडौं, जेठ २९ । सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्‍चालन गर्ने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका छन् ।

    सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्