News Portal

  • कृषि औजार पाउँदा कृषक हर्षित

    रातोपोस्ट संवाददाता
    १२५३ पटक

    इलाम, जेठ २९ । उन्नत धान उत्पादन ब्लक आयोजना समिती र मकै सघन वाली विकास आयोजना समितीको आयोजना र कृषि ज्ञान केन्द्र ईलामको आर्थिक सहयोगमा चुलाचुली गाउँपालिकाका धान ब्लक केन्द्र र मकै सघन वाली विकास आयोजना समितीमा आवद्ध कृषकलाई कृषि औजार तथा सामाग्री वितरण गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथी चुलचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले अगुवा कृषकलाई सामाग्री हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरिएका सामग्रीमा जनचेतना कृषि सहकारी सस्था चुलाचुली ईलामका अध्यक्ष खड्गकुमार न्यौपानेलाई ट्याक्टर सेट अन्तरगत हेड, ट्रली, थ्रेसर, कल्टिभेटर, रोडाभेटर, केजवेल प्रदान गरेका थिए ।

    त्यसैगरी धान उत्पादन ब्लक तर्फ पदम चेम्जुङ्ग लाई पावर टिलर १ थान, विवश भलिभद्र कोईराला र मात्रिका न्यौपाने लगाएत ५ जनालाई सिचाई मोटर एक/ एक थान, साना सिचाई वोरिङ्ग २० जनालाई, स्पेयर ट्याकीं ५० जनालाई, एक पाङग्रे ट्रली २० जनालाई, सिड टिन १०० जनालाई र त्रिपाल २०० जना लाई प्रदान गरिएको सस्थाले जनाएको छ ।

    त्यसैगरी कार्यक्रममा मकै सघन वाली विकास तर्फ सिचाई मोटर १६ जनालाई, साना सिचाई वोरिङ्ग ५ जनालाई, स्पेयर ट्याकीं १०० जनालाई, एक पाङग्रे ट्रली २० जनालाई, सिड टिन १०० जनालाई , त्रिपाल २०० जना लाई प्रदान गरिएको आयोजक सस्थाका सचिव सन्तोस थाम्सुहाङ्गले बताए ।

    यसैगरी कार्यक्रमा पावर टिलर १ थान, च्यापकटर ७ थान, च्यापकटर मोटर ७ थान, मकै रोप्ने मेसिन २० थान, मकै छोडाउने मेसिन ५ थान समेत वितरण गरिएको सचिव थाम्सुहाङ्ग जानकारी दिए । यो सगै गोठेमल, जैविक विषदी र भकारो सुधार कार्यक्रम बाट समेत कृषक लावान्वित भएका थिए । कृषि औजार पाउँदा कृषक हर्षित भएका थिए।

    आयोजक सस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चुलचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई , विषेश अतिथी कृषि ज्ञान केन्द्र ईलामका प्रमुख शालिकराम भट्टराई, सुचना अधिकृत गणेश राई, जिल्ला समन्वय समिति ईलामका सदस्य हेमकला बस्नेत, वडा अध्यक्ष पुण लावती लगायतले कार्यक्रमका बारेमा बोल्दै सामाग्री पाउने कृषकलाई धन्यवाद दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)