News Portal

सत्ता, दलित र ब्रह्मानवाद !

सर्वश्रेष्ठ
१७२८ पटक

हिन्दु ब्राह्मणबादी राज्य ब्याबस्थाले निम्ताएको जातिय विभेद भनेको पुजीवादी चिन्तन र व्यवहारले निम्ताएको समस्या हो !
जतिबेला नेपालमा जातिय ब्यावस्थाको शुरुआत भयो ! त्यतिबेला मल्लहरुको हातमा सत्ता थियो ! उनिहरु त्यो बेला कसरी एकाअत्मक राज्य ब्यबस्थालाइ दर्विलाे बनाउने र शासन चलाइ रहने भन्नेमा बिभिन्न कसरत गरिरहेका थिए !

त्यही बेला भारतको उत्तराखन्ड कमाउगढबाट बेद पढेका केही ब्राह्मणहरुलाइ नेपालमा बिर्ता दिएर सत्ताका कर्मचारीका रुपमा ल्याइयो!
त्यतिबेला उनिहरुले सत्तामा आफ्नो शासन र पुजिमा आफ्नो पहुँचको स्वार्थ लिएर आएका थिए ! तिनै ब्राह्मणहरुले आफुलाइ केन्द्रमा राखेर नेपालको शासन ब्यावस्थाको रुप तयार पार्दा उनीहरूको आफ्नो स्वार्थमा धक्का लाग्छ भन्ने कुरालाइ ध्यान दिदै, भारतको संविधानको जगमा सास्त्रीय स्वरुपमा समाजका शासन ब्यबस्थाका सामाजिक, आर्थिक, सास्कृतिक पक्ष समाबेश गरि जातप्रथाको उत्पत्ति र बिकाशको अध्ययन गरेर एउटा सिद्धान्तको बिकास गरे ! मुख्य त त्यतिबेला आर्थिक, राजनीति सहितको शासन ब्यबस्थालाइ बलियो बनाउने उदेश्यले जातिय उत्पीडन र छुवाछूत जस्ता अमानवीय ऐन नियम बनाएर ठूलो असमान्ताको खाडल खनियो ! त्यस्ले निम्ताएको मुल विषय भनेको शिक्षा र पुजिमा कुनै पनि अधिकार अन्य समुदाय र श्रमिक बर्गमा कानुनी रुपमै नरहनु हो !

त्यसैले ब्राह्मणवाद भनेको विभेद, असमानता र अन्याय पुर्ण मुल्यमा आधारित बिचार, र प्रबृतिका रुपमा स्थापित भएको हो । यस्तो बिचार, सोचाई र प्रबृति भएका मानिसहरुको नेपालमा एउटा सानो जत्था छ ! त्यही जत्थाले नेपालमा परिबर्तन र समृद्धिको बादक बनेर उभिएको छ। यसकाे संरक्षक दलाल पुजिबादी राजनैतिक ब्यबस्थाले गरेको छ !

बिचारको हिसावले यो बर्चस्व र एकाधिकार कायम गर्ने बिचार हो । सोचाईको हिसावले यो जातिवादी छ र प्रबृतिको हिसावले यो चाकरी, चाप्लुसी, जाल झेलकारी, तिग्डमी र नातावादी तथा कृपावादी छ । स्वभाविकरुपमा विभेदी, अन्यायी र असमानी बिचार, सोचाई तथा प्रबृतिले हैकमी, बर्चस्पी तथा एकाधिकारी हुनेतिर लैजान्छ । यसर्थ, ब्राह्मणवाद जाति बिशेषसंग मात्र सम्बन्धित छैन !

यद्यपी यो बिचार सिर्जनाको आधार भने पुजी र शासन ब्याबस्था शीत जोडिएको छ ! यस्को मुल आधार भनेको मुल्य हिन श्रम र आधारभुत श्रम जिबिमाथी घृणा र अपमान हो ! यस्ता अमानबिय हर्कतका विरुद्ध उठ्ने एकताबद्ध आन्दोलनलाई रोक्ने सैद्धान्तिक आधार भनेको पेसा पुर्ब निर्धारित हुने र ती पेसाको बिभाजन असमान हुने हाे।

असमान बितरण र असमान जात, समाजिक अन्तर बिरोधले सत्ता बलियो बनाउने मुख्य योजनाका साथ कडाइ पुर्बक लागु गर्न अनेक प्रकारका अङ्कुश लगाउदै जब उनीहरूले बिजातिय सम्बन्धलाई अपराधका रुपमा स्थापित गर्ने यति कसैले उल्लंघन गरे मृत्यु दण्ड समेत दिने र खन्ड खन्ड गर्दै नागरिक सास्कृतिक, शैक्षिक तथा आर्थिक अधिकार आनुबंशिकरुपमा निश्चित गर्दै त्यो अधिकार ब्राह्मणमा मात्र रहने र मानव अधिकार पनि त्यही एउटा समुदाय मात्र रहने। उनिहरुले गरेका गम्भीर प्रकारका अपराध क्षमा हुने र अन्य जातलाइ भने जब उनीहरूको हितमा आघात पुग्छ, तब नरसंहार गर्ने ।

हाम्रो समाजको असली चरित्र यसैको जगमा रहेको हो । त्यसकारण ब्राह्मणबादि सत्ताको ठेकेदार अहिलेको मुख्य दोसि अभियुक्त भनेको दलाल पुजिबादी ब्यबस्था हो ।
त्यसैले आज यो राजनैतिक ब्यबस्थामाथी नै आम उत्पीडित जनाताले कार्बाही गर्नु पर्ने हुन्छ ! किन कि सबै भन्दा पहिले समाजमा यस्तो छाप राखे कि ब्राह्मणले भगुवानद्वारा पाएको उपहार हो!

समाजको चरीत्र त्यस कारण हामिले चलाएको शासन ब्यबस्था माती कसैले नजर लाउन पाउदैनन् ! नजर लगाउनु पनि पाप हो ! सत्तालाई धर्मसग जोडेर पुरै विभेद थोपरियो ! र यो समस्या बर्गिय भन्दा पनि धार्मिक बनाउन कसेर लागे !

तर आज जनतामा अर्कै परिभाषा छ, ब्राह्मणद्वारा अन्धाे भएको शासन हो ।’ अर्थात् अन्यजातिका लागि यो विभेद भनेको उसको स्वार्थ सिद्ध हुनु हो, उसको अनुकूल संसार चल्नु हो र सबैले उसको आदेश पालन गर्नु भनेको पाप हो । त्यसैले आज बर्सौ देखि आफ्नो पैताला थिचेको समुदाय माथी उठ्न सक्ने अबस्थामा देखेपछि विभिन्न बिभाध हरुको जन्म गराउन तल्लिन देखिएका छन् त्यसैले आजको आन्दोलनलाई कमजाेर बनाउन लागिरको देखिन्छ !

त्यस्को आधार भनेको जाति बिशेषसंग जोडिएर छ ! बिशेष मानिसहरुमा एकदमै धेरै क्षेत्री, जनजाति, दलित र मधेसी जाति बिशेषमा यो दास तथा भरिया बन्ने बिचार, सोच र प्रबृतिबाट प्रकट भएको छ भन्ने बुजाइलाइ नेपाल र भारतमा यहि ब्राह्मणवादले शासन सत्ता चलाईरहेको छ । यहि ब्राह्मणवादले आफ्नो बर्चस्प कायम गर्न ब्राहमणवादलाई उपयुक्त हुने राज्य, राष्ट्रियता र राष्ट्रवादको बिकास गर्न भरमग्दुर प्रयास गरिरहेको छ ।

यो ब्राह्मणवाद गोरखाका राजा पृथ्वीनारायण शाहको कथित एकिकरणसंगै आयो र “एकिकरण” पछि झनै मौलायो । राणाकालमा यसले झनै जरो हाल्यो र निर्दलिय पन्चायतकालमा यसले पुर्ण स्वरुप ग्रहण गर्यो, त्यसैले कानुनि रुप जे जे लेखिए पनि ब्यबारमा पुरै असमान्ताको फुल रोपियो !

२०४७ सालको प्रजातन्त्रमा यसले आफुलाई सुदृढीकरणको मार्गमा लग्यो जनआन्दोलन पछि बनेको संविधानले यसलाई खलबख्याउन खोजेको थियो तर सफल भएन
संघर्ष, लडाई र क्रान्ति त नेपालमा धेरै भए । तर शाह राजा पृथ्वीनारायण शाहको समयदेखि शासन र सत्तामा बर्चस्प कायम गर्दै आएको ब्राह्मणवादलाई फाल्न सकेन । बरु उल्टै ति संघर्ष, लडाई र क्रान्ति पछि त्यो ब्राह्मणवाद झन प्रभावकरी, बलियो र सुदृढ हुदै गयो । संघर्ष, लडाई र क्रान्तिको नाममा यसले विभिन्न बर्ग, तप्का र जातिका मानिसहरुलाई दास, भरिया, गोठाला र खेताला हुन सिकायो ।

ब्राह्मणवादले ति विभिन्न बर्ग, तप्का र जातिका व्यक्ति तथा मानिसहरुमा औपनिबेशिक ज्ञान, शिक्षा तथा बिचारका माध्यमबाट उनीहरुको दिमागलाई औपनिबेशीक दास दिमाग बनाई दियो र शक्तिको पुजा गर्ने अनि शक्तिको पछि लाग्ने बानी व्यहोराको बिकास गरिदियो ।

ब्राह्मणवादले ति विभिन्न बर्ग, तप्का र जातिका व्यक्ति तथा मानिसहरुमा औपनिबेशिक ज्ञान, शिक्षा तथा बिचारका माध्यमबाट उनीहरुको दिमागलाई औपनिबेशीक दास दिमाग बनाई दियो र शक्तिको पुजा गर्ने अनि शक्तिको पछि लाग्ने बानी व्यहोराको बिकास गरिदियो । राजतन्त्र तथा राणाकालमा त्यसले हिन्दुत्वको बिचारलाई छिराएर राजा र राणा हो भने अब हिन्दु धर्मको परिभाषा यस्तो हुने भयो, समाज रुपान्तरणको बादक र असमान्ताको सुत्रधार यो पनि बहस बन्न गयो । हो अहिले हिन्दु धर्मको नाममा विश्वभरि असमान्ताको बिभेद लादिरहेको छ । ऊ हिन्दु धर्मको नाममा हिन्दु कल्चर र धर्मको ब्राह्मणबाद्ले बदनाम गरिरहेको छ ।

जातप्रथाको बिशेषता आर्थिक र राजनीति अधिकार ब्राह्मणको सुबिधा भन्दा अन्य जातका लागि क्रमश कटौती हुन्छ। खास गरि अछुतहरुमा बडि लागू हुन्छ । त्यसैले अहिले ब्राह्मणबादको भन्डाफोर भएको हो आम बाहुनको होइन त्यसमा पनि खास दोशी जात ब्यावस्था रहेकोे कुरा विशेष चर्चामा छ । त्यसैले के कुरा थापाउनु महत्त्वपूर्ण छ भने हिन्दु समाज ब्याबस्थामा एकाअधिकार बन्चितिमा जातहरुलाइ कुनै पनि सामाजिक तथा आर्थिक अधिकार दिएको थिएन। खास गरि माथिलो जातमा सुचिकृत गरेको बाहुनहरुका लागि अनेकौं सुबिधा र अधिकारको ब्यबस्था गरिएको थियोे ।

उधारणको लागि बेद पढ्न दिनु, बलि दिने कार्यमा पुरोहित्याइ गर्नु, दान अथवा उपहार लिनु ब्राह्मण जातको बिशेश अधिकार हुने। तथापी परिस्थितिले माग गरेमा उनिहरुलाइ अन्य पेसा अपनाउन पनि अन्य जातलाइ जस्तो निषेध गरिएको थिएन । तर अछुतहरुको पेसा अगाल्न भने निषेध गरिएको थियोे । तर बाहुनहरुका निम्ति श्रेणीबध्दता अनुरुप पहुँचको यो बेजोडको सुबिधा थियो । अर्कोतिर बन्चितमा परेका जात वा अछितका निम्ति भने पेसागत गतिशीलताको सुबिधा छैन ।

त्यसैले अन्तर जातिय आर्थिक असमान्ता कायम रहेको वास्तविकता बुझ्नु आम आर्थिक अबस्था कम्जोर भएका बाहुनहरु बुझ्नु महत्त्वपूर्ण हुन्छ । त्यसैले आज बाहुन वाद भनिएको हो ।

अब यो कुरा पनि मनन गर्न्नु होस्, सैयौ बर्ष पैतालाले थिचिएका समुदायको मन कति दुखेको होला ? त्यो दुखेको मनमा मलम पट्टी लगाउनुको सट्टा शासकहरुलाई आड बनाएर त्यसको जरो तथा हागा विगा फैल्याउदै आफै राजा तथा शासक बन्न खोजिरह्यो । यतिखेर “बहुदलिय लोकतान्त्रिक गणतन्त्र” मा त्यो ब्राह्मणवाद आफै सर्बे सर्वा राजा तथा शासक भएको छ । तर आन्दोलका दास दलित नेताहरु ढोका ढुक्ने र सत्तामा भिख माग्ने देखि बाहेक केही भएन।

लोकतान्त्रिक गणतन्त्र

माओवादीको १० बर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनले समाजमा एउटा उथल पुथल ल्याएको भने हो । त्यहा ठूलो जनताको बिरता छ ! त्यस्ले ब्राह्मणवादी बिचारलाई धस्त पार्न खोजेको थियो ! समाजिक असमान्ता निर्मुल पार्न निकै ठूलो भुमिका खेलेको थियो !

त्यसैको जगमा अन्तर जाती बिबाह र आफ्ना गुमेका अस्थित्थो खोजी गर्दै संविधान केही कुरा लेखाउन त सफल भयो ! तर राजनैतिक ब्यवस्थाको सोरुप बदलिएन बरु ब्राह्मणबादी राज्य ब्यवस्थाका मुल्य मान्यतालाइ सुदृढ गर्दै दलाल पुजिबादको मतियारको रुपमा उभिन पुग्यो ! तर जनाताले कसैलाई गणतन्त्रका राजा र बल्ग्रेन्ती भाई भारदारका दरबारहरु सन्चालन गर्नको लागी भएको थिएन ।

नेपाली जनताको दुर्भाग्य भनौ यतिखेर त्यहि ब्राह्मणवादले नीतिगतरुपमा र बिचारको हिसावले शासन सत्ता चलाई रहेको छ र समग्र जनतालाई त्यसले नियन्त्रण गरिरहेको छ । त्यसैको उपज हो रुकुम घटना । त्यसैले आम उत्पीडित जनताको मुक्ती, जातिय व्यवस्थाकाे अन्न्त्य र पुजिबादी राजनैतिक ब्यवस्थाको अन्त्यमा मात्र सम्भव छ ।

प्रतिकृया दिनुहोस्