News Portal

  • कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो

    रातोपोस्ट संवाददाता
    ३३९ पटक

    काठमाडौं, जेठ ३०। एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ ।

    कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ्ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिरहेको छ । जुन सार्क मुलुकमा अरूकोभन्दा राम्रो हो ।

    छिमेकी देश भारतमा १० लाख जनसङ्ख्यामा तीन हजार ६७० जनाको परीक्षण भएको छ । तथ्याङ्कले जापान, थाइल्यान्ड र पाकिस्तानभन्दा पनि नेपाल अगाडि देखिएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)