News Portal

भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८ हजार ५ सय नाघ्यो

रातोपोस्ट संवाददाता
५०५ पटक

काठमाडौं, जेठ ३०। भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको हो ।

एकै दिन अरू ३९४ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ५०१ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४६ हजार ९७२ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रतिकृया दिनुहोस्