News Portal

  • सैनिक अस्पताल छाउनीमा एक सैनिक मृत भेटिए

    रातोपोस्ट संवाददाता
    ३२७ पटक

    काठमाडौं, जेठ ३० । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् । अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।

    उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टले भने, ‘मध्यरातिको घटना हो, एसएलआरबाट आफैंले गोली चलाए जस्तो देखिएको छ ।’

    उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले बताएको छ । हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको भट्टले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)