News Portal

आज कुवेतबाट थप १५० जना नेपाली आउँदै

रातोपोस्ट संवाददाता
४०० पटक

काठमाडौं, जेठ ३०। कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना आज काठमाडौं आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।

कुवेतबाट नेपाली लिएर विमान उडिसकेको छ भने बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्