News Portal

एकका लागि एक अभियानद्वारा गाउँपालिकालाई १ हजार किलो चामल प्रदान

रातोपोस्ट संवाददाता
६७१ पटक

झापा, जेठ ३०। एकका लागि एक अभियानले झापा गाउँपालिकालाई १ हजार किलो चामल प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष जयनारायण शाह र पूर्वजनप्रतिनिधि देउमान थेवेले अभियानको सचिवालय चारपानेबाट चमाल ग्रहण गरे ।

अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्यहरु कुमारमणि पाखरेल र शिव कडेलले चामल प्रदान गरेका थिए । गाउँपालिकाले बनाएको क्वारेन्टिनमा रहँदै आएका व्यक्तिलाई खाना खुवाउन समस्या भएपछि अभियानले चामल सहयोग गरेको हो । झापा गाउँपालिकाका क्वारेन्टिनमा १ सयदेखि २ सयको हाराहारीमा मानिसहरु बस्दै आएका छन् ।

पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको अभियानले १० हजार मजदुरलाई तयारी खाना खुवाएको थियो । त्यस्तै, बिर्तामोडको एउटा होल्डिङ सेन्टरमा रहेका करिब दुई सयजनालाई बिहान, दिउँसो र बेलुका खानाखाजा खुवाउँदै आएको बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्