News Portal

सूचना नपाएकाे भन्दै नेकपा कार्यकर्ताद्वारा नगरपालिका तोडफोड

रातोपोस्ट
४०१ पटक

मुगु, जेठ ३० : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले छायाँनाथ रारा नगरपालिकामा तोडफोड गरेका छन्। कार्यालयको कामकाज भइरहेको बेला एक दर्जनबढी कार्यकर्ताले तोडफोड गरेका हुन्।

नेकपा नगर कमिटी अध्यक्ष केवलबहादुर मल्लको नेतृत्वमा आएका नेता तथा कार्यकता डिलबहादुर मल्ल ,रुप बहादुर बुढा, कृष्ण सेजुवाल, पारसमणि मल्ल, चन्द्रप्रकाश मल्ल, रविन मल्ल, रवीन्द्र शाही ,नेत्र रावललगायत नेकपाका जनप्रतिनिधि वडा ७ का अध्यक्ष हरिचन्द्र शाही, र वडा १ का अध्यक्ष लोक बहादुर हितानको मिलोमतोमा घटना भएको हो। उनीहरुले प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयमाथि कुटपिटसमेत गरेका छन्।

शुक्रबार दिउँसो पाण्डेको कार्यकक्षमा गई काम गरिरहेको मौकामा उनीहरुले एक्कासि कुटपिट गरेका थिए। पाण्डेयको घुँडामा चोटपटक लाग्नुका साथै कार्यकक्षमा भएका ल्यापटप, मोबाइललगायत टेबुल, दराज र काम नलाग्ने गरी क्षति गरेका छन्।

नगरपालिकाको बार्दलीमा पनि उनीहरुले तोडफोड गरेका छन्। नगरपालिकाले गरेका निर्णय, आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालयहरुको ठेक्काको सूचना माग्न खोज्दा नगरपालिकामा निवेदन दिनुहोस् र निवेदनका साथ लाग्ने राजश्व तिरेर मात्र नगरपालिकाले सूचना उपलब्ध गराउने भनेपछि एक्कासि कार्यकर्तालगायतले तोडफोड गरेका छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले बताए।

घटना सुनियोजित तरिकाले भएको उनको भनाइ छ। उनका अनुसार यसअघि पनि विभिन्न बहानामा नेकपाका कार्यकताले नगरपालिकामा पटकपटक तोडफोड गर्ने गरेका थिए। विगतका तोडफोडमा जिल्लास्तरका नेकपा नेतादेखि प्रदेश सासंदसमेत संलग्न रहेका शाहीले बताए। शुक्रबार प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएपछि राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्नु गैह्रकानुनी भएको नगरपालिकाले जनाएको छ।थाहा खबर

प्रतिकृया दिनुहोस्