News Portal

  • थप पाँच जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५ हजार ६७ पुग्यो

    रातोपोस्ट संवाददाता
    ६१० पटक

    काठमाडौं, जेठ ३१ । थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा शनिबार बिहान ५:५० मा जारी सूचना अनुसार त्यहाँ थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।

    नयाँ संक्रमितहरु पर्वतका चार र नवलपरासी पूर्वका एकजना छन्। पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षका एक जना बालक (पुरुष) र बर्ष १७ वर्षका एक जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। पर्वतकै जलजला गाउँपालिकाका १७ वर्षका एक जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका १६ वर्षका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

    त्यस्तै, नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ६७ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)