News Portal

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

रातोपोस्ट संवाददाता
४७६ पटक

दिल्ली, ३१ जेठ । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । योसँगै भारत संसारको चौथो धेरै संक्रमित भएको देश भएको छ । अमेरिका, रुस, बेलायत र भारत कोरोना संक्रमितको संख्या ३ लाख नाघेका देशहरु बनेका हुन् । अमेरिकामा संक्रमितको संख्या २१ लाख नाघेको छ भने रुसमा ८ लाख नाघेको छ ।

त्यस्तै ब्राजिलमा ५ लाखभन्दा बढी नागरिकहरु संक्रमित भएका छन् । भारतमा ३० जनवरीमा कोरोना संक्रमणको नयाँ बिरामी भेटिएका थिए । यसको ११० दिनपछि अर्थात् मे १० मा यो संख्या बढेर एक लाख पुगेको थियो । संक्रमणको दर यति तीव्र बन्यो कि पछिल्लो २५ दिनमा यो संख्या ३ लाख नाघ्यो ।

भारतमा शनिबार बिहानसम्म ३ लाख ९ हजार ६०३ जना संक्रमित भेटिएका छन् भने पछिल्लो २४ घण्६ामा ११ हजार ३२० जना संक्रमित बढेको वर्ल्डोमिटरले जनाएकव छ । भारतमा ८ हजार ८९० जनाको मृत्यू भइसकेको छ भने १ लाख ५४ हजार २३१ जना निको भएर घर फर्किइसकेका छन् । अस्पतालमा रहेका १ लाख ४६ हजार २३१ बिरामीमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस्