News Portal

विद्यालयमा रहेका क्वारेन्टाइन अब सामुदायिक भवनमा

रातोपोस्ट संवाददाता
६७५ पटक

झापा, जेठ ३१ । झापाकाे मेचीनगर नगरपालिकाले नगर भित्रका विद्यालयमा राखिएका क्वारेन्टाइनहरुलाई विस्थापित गराएर सामुदायिक भवनमा राखेकाे छ ।

गत बुधबार नगर कार्यपालिकाको वैठकलले मेचीनगरभित्र विद्यालयमा राखिएका क्वारेन्टाइनहरुलाई हटाएर सामुदायिक भवनहरुमा राख्ने निर्णय गरेको हो ।

शुक्रबार मेचीनगर–१०, धुलाबारी स्थित राधास्वामि भवनको क्वारेन्टाइनमा बसेका ६ जना महिला, २ जना बालबालिका र ९ जना पुरुषलाई अतिथि सदनको क्वारेन्टाइनमा सारिएको छ ।

अतिथि सदनको माथ्लो तलामा पुरुष, तल्लो तलामा महिलाका लागि व्यवस्थित र सुरक्षित क्वारेन्टाइन शुक्रबारदेखि शुरु गरिएको मेचीनगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले बताइन् । क्वारेन्टाइनमा बस्ने सबैकाे खानाको व्यवस्था नगरपालकाले गर्ने उनले जानकारी दिइन् ।

‘हाल नगरभित्रका विद्यालयका क्वारेन्टाइमा बसेकाहरुको अवधि पुगेकाको पीसीआर टेष्ट गरेपछि नेगेटिभ आए होम क्वारेन्टाइनमा पठाइनेछ’, उपप्रमुख उप्रेतीले भनिन्–‘अब नयाँ आउने नगरबासीका लागि सामुदायिक भवनको क्वारेन्टाइनमा राखिने छ ।’

उनले ६ जना महिलाहरु कुवेतबाट काठमाडौँ हुँदै मेचीनगर आउँदै गरेको बताइन् । उनीहरुलाई पनि अतिथि सदनको तल्लो तलाको महिला क्वारेन्टाइनमा राखिने उपप्रमुख उप्रेतीको भनाई छ । नगरभित्रका विद्यार्थीहरुको पढाइलाई मध्यनजर गर्दै विद्यालयका क्वारेन्टाइनहरु अब सामुदायिक भवनमा सारिने मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्