News Portal

काँग्रेस संसदीय दलको बैठक बस्दै

रातोपोस्ट संवाददाता
५९२ पटक

काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि मतदान गर्ने संस्थागत निर्णय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक बोलाइएको छ । शनिवार (आज) दिनको १२ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ ।

उक्त विधेयकमाथि मतदान गर्न संस्थागत निर्णय लिन बैठक बोलाइएको काँगेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना संसदहरुलाई ह्वीप लगाइने खाँणले बताए ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि संविधान संशोधनको पक्षमा मतदान गर्न संस्थागत रुपमा संसदीय समितिलाई निर्देशन दिएको थियो । नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ ।

प्रतिनिधि सभाको शनिबार दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकको सुरुमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ ।

प्रतिकृया दिनुहोस्