News Portal

अब नक्सा होइन, जमिन चाहियो प्रधानमन्त्रीज्यू : राजेन्द्र महतो

रातोपोस्ट संवाददाता
६४० पटक

काठमाडौं। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै अब नक्सा मात्रै जारी गरेर नपुग्ने बताएका छन्। उनले अतिक्रमण भएको जमिन समेत फर्ता गर्न माग गरेका छन्।

संसदको बैठक हजारौँ पटक बसेपनि शनिबार बैठक सबै नेपाली जनताले यो संसदप्रति हेरिरहेको उनले बताए। जनताको प्रतिनिधिको रुपमा उपस्थित भएका सबैले ऐतिहासिक दिनमा के गर्दै छ भन्नेमा सबैको ध्यान रहेको बताउँदै भने, ‘यो ऐतिहास बैठक नै हो।’ यो सामान्य प्रस्ताव नभएको भन्दै उनले यो देशको भूमिको सवाल भएको दाबी गरे। नेपालको नक्सामा भूमि कहाँ र कति हो भन्ने राख्ने सवाल भएकाले यो महत्वपूर्ण भएको उनको भनाइ थियो।

बैठकमा समय तोक्न आवश्यक नभएको उनले बताए। सबै नेपालीको भावना र राष्ट्रियता र अखण्डतासँग जोडिएको सवाल भएको उनले बताए। नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक राख्ने अवसर भएकाले सबै नेपालीको दृष्टि रहेको भन्दै उनले यो बैठकमा सबैको एकमत हुनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्