News Portal

पूर्वी नाकामा युवा र विद्यार्थी संगठनले संसदबाट नयाँ नक्सा पारितको भएकाेे खुसीयाली दीप प्रज्जवलन

रातोपोस्ट संवाददाता
८४६ पटक

झापा, जेठ ३१ । लिपुलेकसम्म फैलिएको नेपालको नयाँ नक्सा संसदबाट पारित भएको खुसीयालीमा शनिबार साँझ झापाकाे काँकरभिट्टामा दीप प्रज्जवलन गरिएको छ।

सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मेचीनगर र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्वविव्यू मेचीनगरले संयुक्त रुपमा दीप प्रज्जवलन कार्यक्रम गरेको हाे ।काँकरभिट्टा बसपार्कमा दीप बालेर खुसीयाली मनाइएको हो। कार्यक्रममा नेता कार्यकता स्वःस्फूर्त रुपमा नेपाली झण्डा र ब्यानरसहित आएका थिए।

काँकरभिट्टा बसपार्कमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले अब कालापानीबाट भारतीय सेनालाई हटाउन भारतसँगै बार्ता गर्न आवश्यक रहेको बताए। उनल भारतसँगको सम्बन्ध सधै सुमधुर हुने बताए। आगामी दिन पनि राष्ट्रिय एकताको पक्षमा एकढिक्का हुनुपर्ने बताए।

दीप प्रज्जवलन कार्यक्रममा प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना उप्रेती पोखरेल, मेचीनगर कार्यपालिका सदस्य टिका मंग्रान्ती, नेकपाका जिल्ला कमिटि सदस्यहरु सन्तोष आचार्य, डिल्लीराम घिमिरे, शंकर थापा, नेकपाका मेचीनगर कमिटि अध्यक्ष माधब अर्याल, पूर्व यूवासंघ केन्द्रिय सचिव राजु कार्की, पूर्व यूवासंघ प्रदेश १ का सदस्य बालकृष्ण थापा, राष्ट्रिय यूवा संघ नेपाल मेचीनगरका अध्यक्ष सरोज मेहरा लगायतको उपस्थित रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य त्रिदेव क्याम्पका स्ववियु सभापति लक्ष्मी न्याैपाने गरेका थिए भने कार्यक्रमको अध्यक्षता पूर्व वाईसियल मेचीनगर अध्यक्ष विनोद मण्डलकाे रहेकाे थियाे ।

सञ्चालन पूर्व अनेरास्वविव्यु मेचीनगर अध्यक्ष सन्तोष धमलाले गरेका थिए । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत शनिबार नै पारित गरेको थियो।

प्रतिकृया दिनुहोस्