News Portal

  • दुर्घटनामा परी गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

    रातोपोस्ट संवाददाता
    ३८४ पटक

    नवलपरासी, जेठ ३२ : सवारी दुर्घटनामा परी नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो गाडी दुर्घटना हुन पुगेको हो ।

    उनी सवार गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगरको पुलमा ठोक्किएर खोलामा खसेको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनको नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनका भने चालक घाइते भएको प्रहरीले जनाएको छ। बर्दघाटस्थित चिसापानीमा रहेको उनको शब घर लैजान तयारी भैरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)