News Portal

  • क्यान्सर पीडित राईलाई आर्थिक सहयोग

    रातोपोस्ट संवाददाता
    ९३६ पटक

    झापा, जेठ ३२ । झापाकाे शिवसताक्षी नगरमा रहेकाे किरात राई यायोक्खा साविका धरमपुर प्रारम्भिक कार्य समिति र नाईन स्टार युवाक्लबले संयुक्त रुपमा क्यान्सर पीडित राईलाई आर्थिक सहयोग गरेको छ ।

    शिवसताक्षी – ३ दिङलाधाप निवासी चतुरमान राईलाई संकलित ३५ हजार ९ सय ९५ रुपैयाँ पीडित राईको घरमा पुगेर सहयोग गरिएको यायोक्खा धरमपुरका सचिव तथा नाईन स्टार युवा क्लबका सल्लाहकार सञ्जय राईले बताए ।

    किरात राई यायोक्खा साविका धरमपुर प्रारम्भिक कार्य समितिको तर्फबाट संकलित २७ हजार ५ सय ४५ र नाईन स्टार युवा क्लबबाट संकलित ८ हजार ४ सय ५० रुपैयाँ एकमुष्ट रुपमा पिडित राईलाई हस्तान्तरण गरिएको हो ।

    क्यान्सर पीडित राईलाई उपचारका लागि विर्तामोड, धरानका अस्पतालहरुमा पु¥याउदा क्यान्सर लागेको प्रमाणित भएको हो । तर, आर्थिक अभावका कारण थप उपचार गर्नका लागि अस्पताल जान नसकी घरमा नै बसिरहेको सचिव राईले जानकारी दिए ।

    आर्थिक सहयोग हस्तान्तरण गर्नका लागि किरात राई यायोक्खा धरमपुरका अध्यक्ष प्रेम राई, सचिव सञ्जय राई अन्य सदस्यहरु साथै नाईन स्टार युवा क्लबका अध्यक्ष मान बहादुर थापा, सचिव गणेश खड्का, सल्लहकार नक्कलमान शेर्मा, शेर बहादुर तामाङ, गणेश राई, सन्त माबो लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)