News Portal

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

रातोपोस्ट संवाददाता
५६६ पटक

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । आत्महत्याको कारण खुलेको छैन ।

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए ।

मेरा दिल नाम टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए । ३३ बर्षीय राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

प्रतिकृया दिनुहोस्